
नकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान भएको दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए । दुर्घटनापछि सवारीभित्र च्यापिएर उनको ज्यान गएको हो । सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको विंगर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सवारीमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बस्ने अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् ।



