
काठमाडौं । चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् । जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



