काठमाडौं उपत्यकाका ८ राम्रा सामुदायिक विद्यालय

काठमाडौँ उपत्यकाभित्रका धेरै सामुदायिक विद्यालयहरूमा अहिले विधार्थीको चाप बढ्न थालेको छ । सरकारी विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउने प्रवृत्ति छ । महँगा निजी स्कुलमा छोराछोरी पढाउनुलाई प्रतिष्ठा ठान्ने र सामुदायिक स्कुलमा पढाउनुलाई हीनताका दृष्टिले हेर्ने प्रवृत्ति हाम्रो समाजमा छ । तर अहिले धेरैले निजी स्कुलबाट निकालेर आफ्ना छोराछोरी सामुदायिक स्कुलमा भर्ना गरिरहेको पाइन्छ । त्यसो हुनुमा सरकारी विद्यालयले नतिजामा मात्र नभएर विधार्थीको बहुआयामिक विकासमा ध्यान दिनु हो । उत्कृष्ट नतिजा, प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नविन कार्यक्रममार्फत केही सरकारी विद्यालयहरूले उत्कृष्ट शिक्षा दिइरहेका छन् ।काठमाडौं, ललितपुर र भक्तपुरमा धेरै राम्रा सामुदायिक विद्यालय विद्यालयहरू छन् । गुणस्तरीय शिक्षा सरकारी विद्यालयमै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका यिनै मध्येका ८ विद्यालयको विवरण हामीले प्रस्तुत गरेका छौँ ।