इरानी आक्रमणमा एक भारतीयको मृत्यु,

काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो ।कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत् भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोली काम गरिरहेको छ ।’ मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भने भवनमा खासै ठूलो क्षति नभएको बताएको बीबीसीले जनाएको छ ।