प्रधानसेनापतिले गरे पूर्व प्रधानसेनापतिहरूसँग छलफल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग प्रधानसेनापति सिग्देलले छलफल गरेको हुन् । सो भेटमा समसामयिक परिस्थितीबो छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।