यी हुन् फेक रेस्क्यूमा ठगी गर्ने कम्पनी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ठगी गर्दै कसरी फेक रेस्क्यू हुँदै आएको छ भन्नेबारे जानकारी गराएको छ । सीआईबीले आइतबार पत्रकार सम्मेलन गरी तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू भएको जानकारी दिएको हो । माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको सीआईबीको अनुसन्धानबाट खुलेको हो । योबाट उसले १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ । त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ । त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।