
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निजी विद्यालयलाई १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएका छन्। ‘संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ। सो नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका संस्थागत विद्यालयबाट संकलन गरी पेश गर्न शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरलाई निर्देशन दिइएको छु,’ मन्त्री पुनले भने। यदि कुनै विद्यालयले सो अनुसार छात्रवृत्ति प्रदान नगरेको भए नियमानुसार छात्रवृत्ति दिन मन्त्री पुनले निर्देशन दिएका छन्।



