हेटाैंडामा संविधान रक्षाकाे माग गर्दै युवाहरूकाे प्रदर्शन

हेटाैंडा । हेटाैंडामा संविधान रक्षाकाे माग गर्दै युवाहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।हेटाैंडाकाे मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल निकट युवाहरूले संविधान रक्षा, नागरिक सर्वाेच्चता कायम, सैनिक शासन चाहिँदैन र राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर भन्दै नाराबाजी गरेका हुन् ।निषेधाज्ञा भईरहेकाेले प्रदर्शन राेक्न नेपाली सेना अग्रभागमा खटिएकाे छ । सेनाले राेक्न खाेज्दा पनि युवाहरू प्रतिकारमा उत्रिँदै सडकमा नारा लगाईरहेका छन् ।प्रदर्शनकाे नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकाेटीलगायतका युवाहरूकाे नेतृत्वमा भएकाे छ । सीमाचाेकमा भएकाे काेणसभालाई सम्बाेधन गर्दै युवा संघ अध्यक्ष नगरकाेटीले संविधान रक्षाका लागि आजबाट सुरू भएकाे प्रदर्शन नराेकिने र हजाराैं सडकमा उत्रिने चेतावनी दिए । प्रदर्शनमा उत्रिका युवाहरूले सार्वजनिक र व्यक्तिगत सम्पति ताेडफाेड र आगजनी भएकाे विराेध जनाउँदै दाेषि पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । बुधबार हेटाैंडामा भएकाे प्रदर्शनमा दुई दर्जन भन्दा बढी बागमती प्रदेश सरकारका मन्त्रालयसहितका सार्वजनिक संरचना र नेता तथा व्यवसायीहरूकाे निजी सम्पत्तिमा ताेडफाेड र आगजनी भएकाे थियाे ।