
काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् । सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । तर प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरे । अहिले सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुको भनाभन जारी छ । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् ।



