काठमाडौंको तार्केश्वरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

काठमाडौं । काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ । प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *