
विश्व बजारमा आक्रामक कमाइ गरिरहेको हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको एक सातापछि फिल्म नेपालमा आउन लागेको हो । वितरण कम्पनि एप्पल इन्टरटेनमेन्टले शुक्रबारदेखि यो फिल्म पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा ४३८ मिलियन डलरको उछाल आपनिङ गरेको छ । यो आँकाडा धेरै ओपनिङ गर्ने चौंथो सुपरहिरो फिल्म हो । उत्तर अमेरिकामा भने यसले २११ मिलियन डलरको सप्ताहान्त ओपनिङ गरेको छ । उत्तर अमेरिकाको यो ओपनिङ अहिलेसम्म धेरै ओपनिङ हुने इतिहासकै छैटों हो । ‘डेडपुल एण्ड वुल्भरिन’ को कमाइको मद्दतमा मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) ३० बिलियन डलर कमाउने पहिलो फिल्मको सिक्वेल समेत बनेको छ । फिल्म हड्तालले थलिएको हलिउडलाई ठूलै ऊर्जा समेत दिन मात्र होइन, मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) लाई पुनरुत्थान गर्ने अनुमान छ । न्युयोर्क प्रिमियरमा यसले एमसीयूकै अहिलेसम्मको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा बटुलेको छ । यो फिल्मको नेपाल रिलिजका लागि फ्यान अधैर्य थिए । प्रदर्शन मिति घोषण भएको खबरले फ्यान उत्साहित छन् । अमेरिका, भारतसहित अन्तराष्ट्रिय बजारमा भने यो फिल्म गत शुक्रबार नै रिलिज भैसकेको थियो । केही महिनाको अन्तरालपछि नेपाली दर्शकले मार्वल सिनेम्याटिक युनिभर्सको फिलम हेर्ने मौका पाएका हुन् ।



