विमान दुर्घटना सम्बन्धमा सरकारले बनायो पाँच सदस्यीय जाँचबुझ आयोग, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं  सरकारले सौर्य एयरलायन्सको विमान दुर्घटना सम्बन्धमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो। समितिमा दीपु ज्वारचन, सुदीप भट्टराई, संजय अधिकारी र मुकेश डंगोल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ। सरकारले बिहीबार शोक मनाउने निर्णयसमेत गरेको छ। सरकारले त्यसका लागि राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको मन्त्री गुरुङले बताए। बुधबार विहान  ११:११ बजे पोखराका लागि उडान भरेको सौर्य एयरलायन्सको cRJ7(Reg 9 NAME)जहाज दुर्घटना भएको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जहाजका पाइलट मनिष शाक्यको भने उद्धार गरिएको थियो। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। उक्त विमान उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *