एसीसी एसीया कपको अभ्यास खेलमा नेपालको जित

श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वमुन्स डेभल्प्मेन्ट टिमले ११० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन् । कृतिक मरासिनीले २ र कविता कुँवारले १ विकेट लिए । त्यसअघि,ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ३ छक्का र १ चौकासहित सर्वाधिक ३७ रन बनाइने । बिन्दु रावलले २०, सीता राना मगर १५ इन्दु बर्मा ११ र सम्द्माना खडकाले १० रन बनाइन् । श्रीलंकाकी डि थेनाकोनले सर्वाधिक २ विकेट लिइन् । आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले समान १,१ विकेट लिए । श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *