
काठमाडौं । दसैं मनाउन घर फर्किने तयारीमा छिन् सीता, खड्का (नाम परिवर्तन) । काठमाडौंमा बस्दै आएकी उनलाई दसैं मनाउन पोखरा जानुछ । लामो समयपछि परिवारसँग भेट्ने, आफन्तसँग रमाउने र दसैंको टीका लगाउने उत्साह मनमा छ । तर, घर फर्किने खुसीसँगै एउटा चिन्ताले पनि उनलाई सताइरहेको छ, लामो बाटोमा पिसाबले च्याप्यो भने के गर्ने ? काठमाडौं–पोखराको यात्रा उनका लागि नौलो होइन । तर, बाटोमा पिसाब लाग्ने र शौचालय सहजै नभेटिने कुरा सम्झिँदा उनलाई अप्ठ्यारो लाग्छ । एक त आफूलाई आपत परेका बेला भन्नेबित्तिकै गाडी रोकिदिँदैनन् । रोकिए पनि शौचालय भेटिँदैन । भेटिइहाले पनि धेरै फोहोर र असुरक्षित हुन्छ ।



