
हेटौंडा । आफ्नै पार्टीका सांसदहरु आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटविरुद्ध उभिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अप्ठेरोमा परेका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ । तर, बागमतीका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधरका सांसद बजेटप्रति असन्तुष्टि जनाउँदै हेटौंडा आएका छैनन् । लामासहितका केही सांसदहरु भने काठमाडौंमै बसेका छन् ।



