
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्धक सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए । ‘विद्यार्थी संख्याको आधारमा प्रादेशिक कार्यालयमा पर्याप्त पुस्तक पुगिसकेको छ । १४–१५ लाखको दरले पुस्तक प्रदेश–प्रदेशमा लगिएको छ,’ उनले भने । प्रदेश कार्यालयबाट १२६० आधिकारिक बिक्रेताले सम्बन्धित पालिकामा पुर्याउने छन् । २१ फागुनको चुनावले पाठ्यपुस्तक छपाइमा कुनै असर नपरेको केन्द्रले जनाएको छ ।



