
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि सांकेतिक टिप्पणी गर्दै सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् । ‘हामी विभेदको अन्त्य गर्छौँ भनिरहेका छौं । यहीँभित्र संसद्मा विभेद छ,’ साम्पाङले भने, ‘सत्तापक्षले ३० मिनेट, ४० मिनेट बोल्दा पनि हुने, साना दलले ३ मिनेट, चार मिनेटमा सक्नुपर्ने ।’



