
काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ । बिहीबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले ढकाललाई मन्त्रालय तान्ने निर्णय गरेको हो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयमै कामकाजमा खटाइएको छ । ‘नेपाल सरकार मन्त्रीस्तरीयको मिति २०८२/१२/२६ को निर्णानुसार तपाईंलाई अर्को व्यवस्था लनभएसम्का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कामकाजमा खटाइएको व्यहोरा अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ ।
यसअघि भरतप्रसाद भट्टराई विभागका महानिर्देशक थिए ।



