‘ड्रोन भ्यु’मा हेर्नुस् एमालेको प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमाले कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले भृकुटीमण्डप, माइतीघर लगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएकाहरु नयाँबानेश्वरतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपका कारण स्थिति तनावग्रस्त भएको छ । अहिले माइतीघर–बिजुलीबजार खण्डमा तनावको स्थिति छ । एमाले कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । सो खण्डमा सवारी साधनहरु पनि चलेका छैनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेको आज बसेको आकस्मिक सचिवालय बैठकले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । साथै जनसंगठनहरूको तर्फबाट प्रत्येक जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएको थियो । सोही निर्णय लगत्तै एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।