कालीगण्डकीमा ९२ वर्षीय वृद्धको शव फेला

गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा एक वृद्ध शव फेला परेको छ । शव अर्घाखाँचीको पाणिनी गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा बस्दै आएका ९२ वर्षीय छविलाल गेरैको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले शव देखर प्रहरीलाई खबर गरेका थिए । पुस २७ गते छविलाल गेरै हराएको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय रिडीमा निवेदनसमेत दिएका थिए । घटनाको दिन दिउँसो करिब ३ बजेको समयमा मृतकका जेठा छोरा कृष्णप्रसाद गेरैले शवको सनाखत गरेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।