काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी

 काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ । अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको छ । अन्य क्षतिबारे खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।