रौतहटमा लालबकैया नदीको पानीमा बगेर एक बालकको मृत्यु

जनकपुरधाम । रौतटमा लालबकैया नदीको पानी बग्ने नहरमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका – ८ बलुवा गोठटोल गोनवर मियाको छोरा वर्ष १० का अरबाज मिया छन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार घर नजिकै लालबकैया नदीको पानीमा बग्ने नहरमा  दिउँसो २ बजे नुहाउने क्रममा  बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा २ :४० बजेको समयमा बालकलाई फेला पारेर  उपचारको लागी स्थानिय प्राथमिक स्वस्थ्य केन्द्र राजपुर फरहदवामा लग्दा मृत घोषणा गरेको डिएसपी कार्कीले बताए ।