
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन् ।सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति जनाएका हुन् । नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोपसमेत लगाए। उनले लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’सरकारको यो निर्णयले नेपालीको रोजिरोटी समेत खोसिन भन्दै सरकारलाई प्रश्न गरेका छन् ।‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ?’ कोइरालाले प्रश्न गरे । उनले सरकारको उक्त निर्णय तुरून्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन् ।



