
काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ ।बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुबबहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी छन् । बैठक बस्नुअघि उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका थिए ।माओवादीले कांग्रेस–एमालेले उपसभामुखलाई पदबाट हटाउने कार्य गर्न थालेर गल्ती गरेको बताएको छ ।



