
डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् ।त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड ।-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो यो । जब छोराले पब्जी खेलेरै बा–आमालाई कार गिफ्ट गर्छन्, सानै उमेरमा ‘असाधारण’ प्रगति हासिल गर्छन्, त्यसपछि भावुक बनेका बुबाले छोराको नाममा गीत नै निकाल्छन् ।प्रताप दासको आवाजमा रहेको उक्त गीत पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ । ९५ हजारभन्दा धेरै भ्यूज बटुलिसेको छ । ‘छोरा, तिमी जित्दै जाऊ– हर सफलता मेरो उत्सव हुनेछ …,’ बाबु शान्त भण्डारीले छोराप्रतिको प्रेम गीतमा पोखेका छन् ।



