जामाचो हाइकिङमा हराएका बालकको मध्यराति सेनाले गर्‍यो उद्धार

काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ । ३१ जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएको भन्ने सूचना आएपछि भैरवीदल गण, नागार्जुनबाट सेनाको टोली खटिएको थियो ।  सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो । भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीले बताए । त्यसपछि ती बालकलाई परिवारमार्फत थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको सेनाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *