काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य विरुद्ध ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा परेका ७ वटा उजुरीमा ५ वटा व्यक्ति केन्द्रित रहेका छन् भने दुई वटा समावेशी नभएको भन्नेसँग सम्बन्धित छ । सर्वोच्चको न्यायाधीश प्रस्तावित मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेको छ भने शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको छ । न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालविरुद्ध कुनै उजुरी परेको छैन । सुनुवाई समितिले बिहीबार समितिका सदस्यहरूलाई प्राप्त उजुरी वितरण गरेको छ । समितिका सभापति इश्वरीदेवी न्यौपानेका अनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफल हुनेछ ।





