
वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केही बेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए । ‘कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ,’ उनले भने । गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसइईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।



