
वीरगञ्ज पर्सा । नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने उक्त सुचना ९ दिन पछि उपलब्ध गराएको भए पनि अधुरो सुचना प्राप्त भएको छ । जनताको सेवा उपचार संग जोडिएको क्याथ लैब मेसिनको बारे नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार माग गरेकोमा सुचना अधिकारीले एक हप्ता भित्र सुचना माग गर्ने व्यक्तिलाई उपलब्ध गराउनु पर्ने तर नारायणाी अस्पतालले सुचना माग कर्ताले पाएको सुचना अनुसार ५ करोडौंको उक्त मेसिन कुन अवस्थामा छ र किन जडान नहुनको मुख्य कारण र तत्काल कुन मेसु भएको बेला खरिद गरिएको भनेर उल्लेख गरिएको भए पनि अधुरो र अपुरो सुचना उपलब्ध गराउनुले काँही आफ्नो भ्रष्टाचार त खुल्ने हाइने भन्ने डरले सुचना लुकाउने काम भइरहेको बुद्मनुपर्ने हुन्छ । नारायणाी अस्पतालको प्रारङ्ग भित्र रहेको करोडौंको क्याथ लैब मेसिन अहिले लथालिङ्ग र कौडिको भाउमा पनि बिक्रि नहुने अवस्थामा पुगेको एक जना कर्मचारीले बताएका छन् ।



