पर्सा प्रहरीद्धारा पकाहमैनपुरका चार भट्टी नष्ट

वीरगञ्ज । पर्सा प्रहरीले चार वटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । पर्साको पकाहमैनपुर गाँउपालिका वडा नम्बर ४ खेस्राहास्थित विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण गरीरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी खेस्राहाबाट खटिएको टोलीले चार वटा भट्टी नष्ट गरेको हो । भट्टीबाट दुई हजार लिटर कच्चा पदार्थ र पाँच सय लिटर तयारी मदिरा बरामद गरी नष्ट गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *