नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एयर डाइनेस्टीको 9NAJD नाइन एन एजेडी हेलिकप्टर बुधबार काठमाडौंबाट रसुवाका लागि उड्ने क्रममा शिवपुरी गाँउपालिका-७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हो । बागमती प्रदेश कार्यलयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको निकालिएको छ । हेलिकप्टरमा पाइलट र अरु चार जना यात्रु रहेका थिए । विस्तृत विरण आउन बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *