धनुषामा हत्या भएका ठाकुरको विषयमा ८ बुँदे सहमति

जनकपुर । हत्या गरिएका धनुषाधाम नगरपालिका २ का भोगेन्द्र ठाकुरको विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ । हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहिद घोषणका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई नि:शल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको हो । ठाकुरकी श्रीमती श्यामकुमारीलाई नि:शुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण् एवं विश्वविद्यालय सम्मको नि:शुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । त्यस्तै मृतकको मिटरब्याज सम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अधयक्ष मनोज पासवानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *