जम्मा १ रुपैयाँले घटयो पेट्रोलको मुल्य

वीरगञ्ज । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले बताएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ भने दोस्रो वर्गअन्तर्गत पेट्रोलको मूलय प्रतिलिटर १६९ र डिजलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । त्यसतै तेस्रो वर्गअन्तर्गत पेट्रोलको मूल्य पूतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ । निगमको अनुसार खाना पकाउन प्रयोग हुने एल्पी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *