असत्य कुरालाई आधार मानेर गाली, गलौज र बदनाम गर्ने प्रवृत्ति राम्रो होइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले असत्य कुराहरुलाई आधार मानेर गाली, गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सह्य नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफुलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने चेतावनी दिएका हुन् । प्रधान्मन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको बताए । एमाले अध्यक्ष समेत रहेका उनले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङक्षा पूरा नहुने बताए । ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी , उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताए । मुलुकमा अझौ पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन । प्रधान्मन्त्री ओलीले भने, हालै संयुक्त राष्ट्रसङघका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिए । आउँदो असोजको पहिलो साता राष्ट्रङसघको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकोले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्दै भने, म भ्रष्टचार गर्दिनँ र गर्न दिन्न । म राष्ट्रको सम्पति जालझेल गरेर आफनो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *