मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् ।अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले प्रतियोगिमा ६ खेलमा जम्मा १ गोल मात्र खाए ।अर्जेन्टिनालाई अपराजित रहँदै उपाधि जित्दा ६ खेल जितेको थियो । जसमा गोलकिपर मार्टिनेजले पाँच खेलमा कुनै गोल नखाई क्लिनसिट राखेका थिए । अर्जेन्टिनाले समूह चरणमा क्यानडालाई २(० ले, चिलीलाई १(० ले र पेरुलाई २(० ले पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा क्यानडालाई नै २(० ले हराएको अर्जेन्टिनाले फाइनलमा कोलम्बियालाई १(० ले हराउँदा मार्टिनेजले क्लिनसिट राखे ।क्याटरफाइनलमा इक्वेडर विरुद्धको खेलमा मात्र मार्टिनेजले एक गोल बेहोरेका थिए । उक्त खेलको निर्धारित ९० मिनेट १(१ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटमा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै दुई बचाउ गरेका थिए ।मार्टिनेजले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले रअजेन्टिनाबाट २०२१ र२०२४ को कोपा अमेरिका साथै २०२२ मा फिफा विश्वकप उपाधि जितेका छन् । उनले तीद्दवटै मुख्य प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।हाल प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्ने गोलकिपर मार्टिनेजले अर्जेन्टिनाका लागि ४५ खेल खेल्दा ३२ खेलमा क्लिनसिट राखेका छन् । जसमा उनले जम्मा १७ गोल बेहोरेका छन् भने ७५ सेभ गरेका छन् । उनले ३४ खेल जित्दा ९ खेल बराबरी खेलेका छन् । जम्मा दुई खेलमा मात्र पराजय बेहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *