
रियल म्याड्रिडले किलियन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ । रियल म्याड्रिडमा सम्द्मौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो । एम्बाप्पेले पीएसजी छोडेर फ्री ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्द्मौता गरेका छन् । उनले रियल म्याड्रिडमा वार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन् । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।



