सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्तिहरु हराउँदै जानेछन्: अध्यक्ष भटराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन् । साथै जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अद्मौ पछि परेको उनको जिकिर छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले भने, नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँढिएको भूगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा हो । उनले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्द्मन आउने गरेको बताए । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो । उनले भने, म अन्धराष्ट्रवादि ढङ्गले कसैलाई गाली गर्ने पक्षमा छैन । तर भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने भन्ने मेरो दुई वटा निष्कर्ष छन् । उनले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । भट्टराईले दुई चार जना मिलेर नयाँ पार्टी खाल्दैमा वैकल्पिक शक्ति नहुने भन्दै नयाँ र सहि विचार आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने पनि जिकिर गरे । सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्तिहरु बिस्तारै हराउँदै जाने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *