
युरोकपको फाइनलमा स्पेन र इंग्ल्यान्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२:४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २,१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इंग्ल्यान्डलाई २,१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो । तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनलमा खेल्दै छ भने इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्र युरोकपमा इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो । स्पेन र इंग्ल्यान्ड अहिलेसम्मा २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।



