
नेपाल विधार्थी संघ (नेविसंघ)ले संघीय शिक्षा ऐन र विश्वविधालय छाता एन जारी गर्न माग गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विधालयहरुलाई कारबाही गर्न समेत माग गरेको छ । संघका प्रवत्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समिति सभापति थापा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई ९ बुँदे ज्ञापनपत्र बुधबार बुद्माएको हो । शिक्षा ऐन, नियमावली, निर्देशिका र मापदण्डमा भएको शुल्क सम्बन्धी व्यवस्थाको प्रतिकुल हुने गरी रकम उठाउने विधालयलाई कारबाही गर्न संघले माग गरेको छ ।



