मधेस प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ। उहाँले ६७ मत पाउनुभएको छ।विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए।

मुख्यमन्त्री सहिंका पक्षमा जनमत,नेपाल कम्युनिष्ट पार्टी एमाले,नेपाली कांग्रेस,लोसपा,नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),नेपाल सङघीय समाजवादी पार्टीको सांसदले विपक्ष्मा मतदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *