
एजेन्सी । जारी कोपा अमेरकिा २०२४ अन्तर्गत शनिबार बिहान भएको खेलमा भेनेजुएलाई सडन डेथमा पराजित गर्दै क्यानेडाले सेमिफाइनलमा यात्रा तय गरेको छ। अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ । टाइब्रेकरमा क्यानेडा ४,३ ले विजयी रह्यो । भेनेजुएलका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानडाका तर्फबाट निर्णायक गोल गरे । निर्धारित समयको खेल १,१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा गएको हो । क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलले अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए ।



