
एजेन्सी। भारतको पक्ष्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस संक्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारिकहरुले जानकारी दिएका छन्। स्वास्थय अधकिारीहरुले पुणेमा छ जनामा जिका भाइरस संक्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक(एक जनामा संक्रमण पुष्टि भएको छ।नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी)का अधिकारीहरुले देशभरबाट १०६ नमुना प्राप्त गरेको र अहिले सम्म आठ जनामा जिका भाइरस संक्रमणको लागि सकारात्मक परीक्षण गरएिको बताए। संक्रमितको सङ्ख्या बढेपछि स्वास्थय अधिकारीहरुमा चिन्ता बढेको छ। यद्यपि एनआइभीका अधिकारीहरुले महाराष्ट्रमा जिकाका केस देखेर आत्तिनुपर्ने बताएका छन्।जिका लामखुट्टेबाट सर्ने भाइरस हो।यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ। यो रोग एक हल्का,आत्म सीमति रोग हो र यो ज्वरो,दाग र जोर्नी दुखाइसँगै शुरु हुन्छ।



