
जारी युरोकप २०२४ अन्तर्गत आज राति भएको क्वाटरफईनल खेलमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाईनलमा पुगेको छ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५,३गोल अन्तरले पराजित गर्दे फ्रान्स प्रतियोगिताको सेमिफाईनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो । यो जितसंगै अब फ्रान्सले सेमिफाईनलमा स्पेनको सामना गर्ने छ । त्यसैगरी यो हारसंगै पोर्चुगलको युरोकम यात्रा समाप्त भएको छ ।



