नेपालमा उत्पादित ४० मेगावाट विधुत् खरिद गर्न बगंलादेशले पठायो पत्र

नेपाल विधुत प्रधिकरणले पठाएको बोलपत्र स्वीकृत गर्दै बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विधुत् खरिद,बिक्रीका लागि सम्द्मौता गर्न पत्र पठाएको छ । बीपीडीबीले वर्षायामका ६ महिना ४० मेगावाट विधुत् बिक्रीका लागि प्रधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै सोमबार पत्र पठाएको हो । कानुनमा भएको व्यवस्थाबमोजिम बीपीडीबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विधुत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्द्मौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरदिका लागि टेन्डर आह्वान गरेको थियो । प्रधिकरणले विधुत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विधुत्को दरसहितको बोलपत्रसम्बन्धित कागजात पेस गरेको थियो । पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको आशयको सूचना प्रधिकरणलाई दिएको हो । प्रधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपिडीबीलाई दिनु पर्नेछ । त्यसपछि बिपिडीबीले विधुत् बिक्री सम्द्मौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र प्रधिकरण, एनटीपीसी विधुत व्यापार निगम, भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्द्मौता हुनेछ । प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पुर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विधुत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए । प्रधिकरणले भारतिय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविधुत आयोजनहरुबाट उत्पादित विधुत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विधुत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् । प्रधिकरणले वर्षायमका ६ महिनामा अर्थात हरेक वर्षको १५ जुन नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विधुत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्रधिकरणले बंगलादेश विधुत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर, मुजफ्फपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विधुत्को मूल्य प्रधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *