
बारा । बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रण्मा लिईएका व्यक्ति फेटा गाँउपालिका वडा नम्बर ३, फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताइएको छ । स्थानीय मिडिया स्रोतका अनुसार आलम आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उधोगी व्यवसायीलाई तर्साउने पैसा असुल्ने गर्थे । आलमले आफु प्रदेश प्रहरी कार्यालय मधेशका घुमुवा अधिकारी भएको दाबी गर्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले आलमलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान पश्र्चात मात्र विस्तृत जानकारी दिन बताउनु भएको छ । तर, आलमलाई नक्कली प्रहरीको आरोपमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा भने उहाँले कुनै उत्तर दिनुभएको छैन । साथै, कुन अभियोगमा आलमलाई पक्राउ गरिएको हो त्यो पनि खुलाइएको छैन । हाल आलमलाई ईलाका प्रहरी कार्यालय प्रसौनिको हिरासतमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



