
दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । केहि मल्टिप्लेकस हलहरुले बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ्ग खुला गरेका छन् । जस अन्तरर्गत क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई उत्साहजनक शो दिएको छ । क्युएफएक्समा फिल्मले ५७ पाएको हो । जसमा काठमाडौंमा २० र बाहिर ३७ शो उपल्ब्ध छ । आईएनआई सिनेमाले आफ्ना ३ आउटलेटमा १३ शो दिएको छ । एफक्युब सिनेमाजले ६ शो दिएको छ । बिग मुभिज, वान सिनेमाजले बुधबार दिउँसोमा बुकिङ खुलाइसकेका छैनन् ।



