गाडीएको शव प्रकरणमा संलग्न आफन्त पक्राउ

प्रहरीले जगरनाथपुरमा गाँउपलिकामा हत्या गरी गाडिएको शव प्रकरणमा संल्गन आफन्तलाई पक्राउ गरेको छ। बाराको दुई जनाको हत्या गरी जगरनाथपुर गाँउपालिकाको ओरिया खोलामा शव फालेको चर्चित घटनामा संल्गन तीन जना नातेदारलाई प्रहरीले पक्राउ गरेको हो। घटना भएको २४ औं दिनमा हत्यामा संल्गन तीन जनालाई प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। प्रहरीले महादेव महतोसहितका परिवारिक नाताभित्र पर्नेहरुलाई पक्राउ गरेको अनुसन्धानमा संल्गन उच्च स्रोतले बताएको छ। पक्राउ परेकाहरुलाई सबुतप्रमाणसहित आज साँद्म जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *