
बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि२० विश्रव्कपको सेमिफाईनलमा प्रवेश गरेको छ।वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो। अफगानिस्तान सेमिफाइनलमा पुगदा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण् बाट नै बाहिरिएको हो । समूह १मा भारत ६ अंक सहित समूह विजेता भन्दा दास्रो अफगानिस्तानको ३ खेलमा ४ अंक रहयो । अष्ट्रेलिया २ अंक सहित तेस्रो स्थानमा रहयो भने बंगलादेशले अंक जोडन सकेन ।अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रीको सामना गर्नैछ अर्को फाईनलमा भारत र ईगल्याण्ड भिडने छन । डिएलमा बंगलादेशले जितका लागि १९ओभरमा ११४रन बनाउनु पर्ने थियो । तर ७बलमा छँदा बंगलादेशले १सय पाँच रनमा समेटियो । बंगलादेशका लागि ओपनर लिटन दास इनिङको सुरुवात देखि अन्तिमसम्म क्रिजमा डटेर अविजित रहे। तर अर्कोतर्फ लगातार विकेट खसेपछि बंगलादेशलाई उनले पार लगाउन सकेनन्। लिटनले ४९ बलमा ५४ रन बनाएका थिए । अन्य ब्याटरको प्रदर्शन भने राम्रो रहेन । टोहिद हदोयको १४ रन नै दोस्रो ठूलो स्कोर रहेको थियो । अफगानिस्तानका लागि नभिन उल हक र राशिद खानले समान ४ र ४ विकेट लिए । फजलहक फरुकी र गुलबदिन नैबले समान १ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ रन बनाएका थिए। राशिद खानले १९ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए । बंगलादेशको लागि ऋषाद होसेनले ३ तथा तास्किन अहमद र मुस्तफिजुर रहमानले १ र १ विकेट लिए।



