बीरगंजमा आयात निर्यात व्यापार खुम्चियो ,राजस्वमा पनि गिरावट

बीरगंज । चालू आर्थिक वर्ष२०८०,०८१को ११महिनामा वीरगंज नाकामा साढे ५खर्व रुपैयाभन्दा बढीको मालसामान आयात भएको छ ।भने निर्यात मात्र २९ अर्ब रुपैयाँमा खुम्चिएको छ । वीरगंजको एकीकृत जाँच चौकी आईसीपि भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्षको साउनदेखि जेठ मसान्तसम्म ५खर्व ५२अर्ब९५करोड रुपैयाँ बराबरको आयात भएको छ ।

त्यही अबधिमा निर्यात भने २९अर्ब १६करोड रुपैयाँ बराबर छ । गत आर्थिक बर्ष ०७९,०८०को तुलनामा यस वर्ष कुल बैदेशिक व्यापारमा १४दशमलव २७प्रतिशतले कमी आएको भन्सारको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष सोही अवधिमा ६खर्व ७९अर्व रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यसवर्ष यो रकम ५खर्ब ८२अर्ब रुपैयाँमा सिमीत भएको छ । तथ्याकंअनुसार आयात र निर्यात क्रमश १४ दशमलव १५ र १६ दशमलव ५५ प्रतिशतले घटेको छ ।

वैदेशीक व्यापार खुम्चिएपछि भन्सारले उठाउने राजस्वमा पनि कमी आएको छ । अघिल्लो आवको११ महिनामा भन्सारले १खर्ब ४२अर्ब ३०करोड रुपैयाँ राजस्व उठाएकोमा चालु आवमा यो रकम १अर्ब रुपैयाँले घटेर १खर्व ४१अर्ब ८९करोड रुपैयाँमा सिमीत भएको छ । यो आँकडाँ भन्सारलाई तोकिएको राजस्व लक्ष्यको ६३दशमलव १७प्रतिशत मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *