
नेपालमा आजको दिनलाई रोपाई महोत्सव वा रोपाई दिवस को रुपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल,कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही चिउरा खाएर मनाइने पनि गरिन्छ। कृषि मन्त्रालयले यो दिनलाई राष्ट्रिय धान दिवस का रुपमा मनाउन थालेको हो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउन सुरु गरिएको हो । राष्ट्रिय धान दिवस नेपालको कृषि क्षेत्रसँग सम्बन्धित भएकोले आजको दिन विभिन् कार्यक्रम गरि मनाउने गर्दछन् भने कृषि मन्त्रालयले विभिन् कृषि कार्यक्रमहरुमा धान रोपाई गर्दै राष्ट्रिय धान दिवस मनाउने गर्दछ। मुट्ठी रोपेर मुरी फलाउने दिनका रुपमा चिनिने आजको दिनलाई अधिकांश स्थानमा रोपाई गरी मनाउने गरिन्छ। विज्ञहरुका अनुसार वर्षामा हिलाम्य भएको शरीरलाई उर्जा दिने भएकोले दही चिउरा खाने चलन रहेको छ।


